Comments Add Comment

हेटौंडामा भीमफेदी–कुलेखानी सुरुङमार्ग कार्यालयको उद्घाटन्

बागमती प्रदेश सरकारले निर्माण गर्नलागेको हेटौंडा काठमाण्डौं सुरुङ मार्ग अन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङ्गमार्ग आयोजनाको कार्यालय हेटौंडामा उद्घाटन भएको छ । कार्यालयको शुक्रबार एक समारोहकाबीच प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै मन्त्री फुयालले प्रदेश गौरबको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्ग तोकिएको समयमै निर्माण हुने बताउनुभयो । मन्त्री फुयालले मदन भण्डारी मार्ग अन्तर्गत मकवानपुरको भैंसेदेखि भीमफेदी – सिस्नेरी – दक्षिणकालीहुँदै काठमाण्डौंको बल्खुसम्मको ६५ किलोमिटर सडकको विस्तारको काम द्रुतगतिमा भइरहेको बताउनुभयो । उहाँले सोहीमार्ग अन्तर्गत ५० करोडको लागतमा भैसेदेखि भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुयालले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुयाउने दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचीव सञ्जिव बरालले यसमार्ग निर्माणले दीर्घकालीनरुपमा देशलाई फाइदा पुर्याउने धारणा राख्नुभयो । उहाँले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यस आयोजना कसैको पनि हित विपरित नभएको दबी गर्नुभयो । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न संघीय सरकारले समेत कार्यदल गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर