Comments Add Comment

बिनयको ‘मायामा फँसे कि म’ सार्बजनिक, उत्कृष्ठ टिकटक बनाउनेलाई ११ हजार १ सय ११ पुरुस्कार

काठमाण्डौँ – नेपाली सांगीतिक क्षेत्रका चर्चित बहुप्रतिभाका धनी गायक अनि सङ्गीतकार बिनय कार्कीको ‘मायामा फँसे कि म’ बोलको भिडियो सार्बजनिक भएको छ ।

बिनय कार्कीकै संगीतमा तयार भएको गीतमा उनलाई चर्चित लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । गीतमा सबिन लामाको शब्द , शेलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

भिडियोमा गायक बिनय र चर्चित मोडेल तथा डान्सर अलिशा शर्माको अभिनय तथा नृत्य देख्न पाईन्छ । गीतको भिडियोलाई आशिस रानाले निर्देशन तथा कोरियोग्राफर गरेका हुन् भने पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन ।

सार्वजनिक गीतको टिकटक प्रतियोगीता पनि रहेको र बिजेतालाई गायक कार्कीको जन्मदिनको अवसरमा उपहार र नगद ११ हजार १ सय ११ हस्तान्तरण गरिने जानकारी फेसबुक लाइभबाट उनी लगायत गायिक मेलिनाले जानकारी गरएका थिए ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=NvQfufPQBjs&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर