Menu

‘गीत गजल’को पहिलो गीत यस्तो छ

नव अभिनेता रुप पोखरेल र नव अभिनेत्री आरोही सिंहको प्रमुख भूमिका रहेको सिनेमा ‘गीत गजल’ को पहिलो गीत युट्युवमा रिलिज भएको छ । भारतको गोवा र नेपालमा खिचिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीतको भिडियोमा रुप र आरोही लाई प्रस्तुत गरिएको छ। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

अन्जु पन्त र सुरेश लामाले गीतमा आवाज दिएका छन्। सार्वजनिक गीतको भिडियोमा नितिन चन्दको कोरियोग्राफी छ। उनी सिनेमाका निर्देशक समेत हुन्। गीतलाई सुरेश काफ्लेले खिचेका हुन्। असोज २४ गतेबाट प्रदर्शनमा आउने सिनेमाको निर्माता आरोहण क्षेत्री हुन् भने सुजन आचार्य सह निर्माता हुन्।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ। सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad