Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नागिन बन्दै श्रद्धा कपूर

Company Register

बलीउड अभिनेत्री श्रद्धा कपूर इच्छाधारी नागिन बन्ने भएकी छन् । उनले नयाँ चलचित्र ‘नागिन’मा मूख्य भूमिकामा अभिनय गर्न लागेकी हुन् ।

Advertisement

चलचित्र समिक्षक तरण आदर्शले सोशल मीडियामा लेखेका छन्, ‘यो पक्का भईसकेको छ कि, श्रद्धा कपूर एक इच्छाधारी नागिन बन्नेवाली छन् । चलचित्रको नाम नागिन राखिएको छ र यो चलचित्र तीन भागको सीरीजको रुपमा रिलीज गरिनेछ । निर्देशन विशाल फुरियाले गरेका छन् र निर्माता निखिल द्विवेदी हुन् । यस अघि रीना राय र श्रीदेवी इच्छाधारी नागिन बनिसकेका छन् ।’

बलीउडमा इच्छाधारी नागिनको कन्सेप्ट निकै पुरानो हो । ८० को दशकमा श्रीदेवीले नागिन बनेर चर्चित बनेकी थिइन् । अहिले अभिनेत्री कपूर ठुलो पर्दामा पहिलो पटक नागिनको भूमिकामा अभिनय गर्दैछिन् ।

यसअघि श्रद्धाले फिल्म ‘स्त्री’मा भूतको भूमिका निभाएकी थिइन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...