Comments Add Comment

कमल के क्षेत्रिको “बुङगा लाफा” सार्बजनिक(भिडियो सहित)

चर्चित गायक कमल के क्षेत्रिको सुमधुर आवाजमा सन्देशमुलक नयाँ गितको म्युजिक भिडियो बुङगा लाफा सार्बजनिक भएको छ । बेरोजगार युवा पिडिहरुको मर्मलाई गीत मार्फत पोख्दै उनले युवाहरुलाई सचेतना फैलाउने गीतको भिडियो लिएर आएका हुन्। दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चा कमाउन सफल गायक कमल के क्षेत्रिको फरकधारको गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्नेमा उनी बिस्वस्त छन्।

बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रीको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन्। सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पदान गरेका छन्। भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर