Comments Add Comment

हरिवंशलाई ‘बुढो हुन मन छैन’

वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक गरिएको छ। हरिवंशकै शब्द तथा स्वरमा रहेको बुढो हुन मन छैन बोलको गीत सार्वजनिक गरिएको हो।

जीवित जलमीको म्युजिक एरेन्जमा रहेको गीतको भिडियोमा हरिवंश आफैलाई फिचर गरिएको छ। मानिस बुढेसकालमा प्रवेश गरेपछि हुने अफ्ठ्यारा र रहरहरुलाई रमाईलो ढंगले प्रस्तुत गरिएको छ।

सुदन केसीको निर्देशनमा बनेको भिडियोलाई नहकुल खड्काले सम्पादन तथा जीवन थापाले कलरिङ गरेका छन्। दीर्घ गुरुङको छायांकन रहेको भिडियोमा हरिवंश आचार्यको साथमा नरेन्द्र कंशकारको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर