नेपाली सिमामा भारतले बनाएको बाँध भत्कियो : भारतीय बस्ती पुरै डुब्यो, नेपालमा पानीको सतह घट्यो

अनलाइन पत्र संवाददाता२०७६-०३-२८ No Comments

सिमानामा भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण नेपालको रौतहटको गौर डुबानमा परेको थियो । भारतले निकास दिनुको सट्टा उल्टै सिमाक्षेत्रमा सुरक्षाकर्मी थपे पनि पानीले अन्ततः सो बाँध तोडेको छ । बाँध फुटेर बाढीको पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको हो । भारतीय बस्ती पुरै डुवानमा परेको छ ।

सिमानाको बाँध भत्केर पानी बग्न थाले पछि गौर क्षेत्रमा जमेको पानी निकास हुन थालेको छ भने उता ‍भारतीय बस्तीहरु डुबानमा परेका छन् । विहारका बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियालगायत बस्दी डुबानमा परेपछि स्थानीयय बासिन्दा जोखिममा परेको बताइएको छ ।

बाध फुटेको भएता पनि फेरी भारतिय पक्षले बाढी रोक्नको लागी पहल गरिरहेको स्थानियले जानकारी दिएका छन् । भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् ।

यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा छन् । यस्तै अर्को बागमती नदीको बाध भत्किएर गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad