
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । कार्यसम्पादन राम्रा नभएका र विवादित मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई मन्त्री बनाउने भनी ओलीले आफू ग्रान्डी अस्पतालबाट मृगौलाको डायलायसिस गराएर फर्केपछि नै बताएका थिए । उनी तत्कालीन एमालेका कुन मन्त्री हटाउने र कुसलाई थप्ने भन्नेमा स्पष्ट भए पनि तत्कालीन माओवादीका तर्फबाट हटाउने र कसलाई थप्ने भन्नेबारे अर्का नेकपाका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसंग सोधिरहेका थिए ।ओलीले विवादित खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलाई हटाउन तयार देखिएका थिए । उनका ससुरा प्रचण्ड तयार देखिएनन् ।
यसकै कारण पटक पटक ओली र प्रचण्डबीच चर्काचर्कीसमेत भएको बालुवाटार स्रोत जनाउँछ । स्रोत भन्छ – उहाँ आउनु हुन्थ्यो । प्रधानमन्त्री ज्यूसंग कुरा गर्नुहुन्थ्यो अनि फर्कनु हुन्थ्यो । आउँदा अलि जोशिलो हुनुहुन्थ्यो । फर्किदा अनुहारमा खासै चमक हुन्थेन । प्रचण्डले नियमित रुपले मगरलाई बचाउन खोज्दा समय लागेको थियो । मगरको मन्त्रालयको प्रदर्शन न्यून छ । उनी विवादित मन्त्री हुन् । उनी आएदेखि नै मेलम्ची खानेपानी आयोजना विवादास्पद बनेको छ ।२०७५ सालको दशैंमै काठमाडौंवासीलाई पानी खुवाउने प्रतिवद्धता गरेकी मन्त्री मगरले अहिलेसम्म पानी त खुवाइनन् नै ठेकेदारसमेत भगाइन् ।
अनि बिना टेन्डर आफू निकटकालाई लेनदेन मिलाएर टेन्डर दिएर काम गराएको बुझिन्छ । अझै पनि मेलम्चीको पानी काठमाडौंमा आउनेमा आशंका छ ।अन्य मन्त्रीहरु कार्यसम्पादनमा असफल भएर पनि उनी ससुराको बाहुबलमा यथास्थानमा कायम रहन सफल भएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा बिनासंगै मन्त्री भए पनि बाहिरिनु पर्यो। तीन जनामात्रै महिला मन्त्री भएको क्याबिनेटबाट थापा फालिँदा मगरको भाग्यले भने साथ दिएको छ ।
बिना मगरका कारण मन्त्रिमण्डल पुनर्निर्माणमा ढिलाइ हुँदा प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेरै यो कुरा गलत भएको बताएको थियो। यो प्रचण्डको क्षेत्राधिकारभित्र नपर्ने र साँचो नभएको पनि बताएको थियो। तर अहिले दूधको दूध र पानीको पानी भएको छ । प्रचण्डले बुहारीका लागि आफू बन्न सक्ने प्रधानमन्त्री पद पनि तिलाञ्जलि दिएको बुझ्नमा आएको छ ।प्रचण्डले जेन्टलम्यान एग्रिमेन्ट (भद्र सहमति) को नाम लिँदै आधा कार्यकाल ओली र आधा कार्यकाल आफूले खाने दावी गर्दै आएका थिए । त्यो दावी अहिले आएर फेरिएको छ ।
बुधबारको सचिवालय बैठकबाट ओली पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री बन्नेछन् भने कार्यकारी अध्यक्षको हैसियतले प्रचण्डले पार्टी सम्हाल्ने छन् ।अर्कातर्फ ओलीले ईश्वर पोखरेललाई कार्यबाहक दिएर विदेशमा उपचार गराउन जान खोजिरहेका छन् । प्रचण्डलाई पार्टी हेर्न दिएपछि उनले हस्तक्षेप नगर्नेमा पनि ओली आशावादी देखिएका छन् । हाम्रो कुरामा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




