नेकपा माओवादी केन्द्रले प्रदेशहरुमा इन्चार्ज तोकेको छ । स्थायी समिति बैठकले ६ वटा प्रदेशमा ईञ्चार्ज तोकेको छ । प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य,गण्डकीमा हितराज पाण्डे,लुम्बिनीमा चक्रपाणी खनाललाई ईञ्चार्ज तोएिको छ । यस्तै कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई नेकपा माओवादी केन्द्रले ईञ्चार्ज बनाएको छ ।