2025-11-10 5:25 pm

५ सयले घट्यो सुन

केही दिनदेखि स्थिर रहेको सुन मूल्य पाँच सयले गिरावट आएको छ। आइतबार स्थानीय बजारमा सुनको मूल्य पाँच सयले घटेर प्रति तोला ६४ हजार पाँच सयमा कारोबार भएको छ।

उच्च विन्दुमा पुगेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि प्रतितोला ६५ हजारमा स्थिर थियो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार मूल्यमा गिरावट आएको छ।

विश्वका शक्तिशाली राष्ट्रबीच द्वन्द्व बढेपछि असार दोस्रो साता सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। असार १० गते स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६५ हजार ५ सयमा पुगेको थियो।

About the Author

Ad
Ad