2025-11-09 1:09 pm

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९ सय रुपैंयाले घटेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेको हो । 

बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९३ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले बढेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

About the Author

Ad
Ad