पुँजी बजार मापक नेप्से ४.३९ अङ्कले घटेको छ । अघिल्लो साता पनि घटेको नेप्से यो साता पहिलो दिन आइतबार पनि ओरालो लागेको हो।

आज सबैभन्दा बढी जीवन बिमा कम्पनीको समूह परिसूचक ४५.३७ अंकले घटेको छ। ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाणिज्य बैंक समूह परिसूचक पनि ६.५७ अङ्कले घटेको छ। निर्जीवन बिमा समूहको परिसूचक भने ४१.०३ अङ्कले बढेको छ।

अघिल्लो दिन १२६०.४७ मा रहेको नेप्से घटेर १२५६.११ अङ्कमा आएको छ। आइतबार ५४ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

सिभिल बैंकको सबैभन्दा बढी ५ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। दोस्रो बढी रकमको कारोबार मेगा बैंकको भयो। मोगाको ४ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। तेस्रो बढी सेयर कारोबार हुनेमा नेपाल बैंक छ । उक्त बैंकको ४ करोड १० लाखबराबरको सेयर कारोबार भएको थियो।