तिहारमा हेटौँडा बजार क्षेत्रमा फुटपाथ पसल राख्न नपाइने

अनलाइन पत्र संवाददाता२०७६-०७-०५ No Comments

नेपालीहरुको दास्रो ठुलो चाड तिहार नजिकिदैँ गर्दा हेटौंडा वजार क्षेत्रमा यो वर्ष फुटपाथ पसलहरु राख्ने नपाउने भएको छ । बजारका सडकनै ढाकेर तिहारका सामान बिक्री गरिदै आएपनि त्यस कार्यलाई यसवर्ष रोक्न लागिएको हेटौंडा उपमहानगरपालिकाका कार्यबाहक मेयर मिना कुमारी लामाले वताउनु भएको छ । तिहार तथा छट पर्व अवधिको बजार व्यवस्थापन सम्बन्धमा सरोकारवालासंगको बैठकले यो निर्णय गरेको हो । लामाको अध्यक्षतामा वसेको बैठकले चाडपर्वको अवधिभर बजार क्षेत्रमा आवागमनलाई सहज बनाउन एवं बजारलाई व्यवस्थित गर्ने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको संयोजनमा स्थानीय सुरक्षा निकाय र मकवानपुर उद्योग बाणिज्य संघसंगको समन्वयमा यस वर्षको दिपावली तथा छट पर्व अवधिमा पर्व विशेषमा प्रयोग गरिने फुल, फलफुल, पूजा सामग्री, ध्वजापताका एवं किसानले डोकामा बेच्ने तरकारी किनबेच गर्नका बिभीन्न स्थानहरु तोकिएको छ ।

हेटौंडाको राप्ती रोड ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौंडा अस्पतालको पर्खाल बाहिरको जमिन, बसपार्क छिर्ने सुमार्गी कम्प्लेक्सको दक्षिणतर्फ रहेको जमिन, भूटनदेबी मा।वि। को भित्री कम्पाउण्ड, पल्पसा सभाहलको भित्री परिसर, बसपार्कको रेष्ट गार्डेनको पर्खालसंगैको बाहिरी पर्खाल वरिपरिको पेटी, साथै, पार्किंग व्यवस्थापनलाई सहज बनाउन यस पर्व अवधिभर हाल हेटौंडा अस्पताल छिर्ने चाइनागेट अगाडी रहेको एम्बुलेन्स तथा सवारी पार्किंग स्थललाई चाइनागेट अगाडीको सडक विभाग तर्फको खुल्ला जमिनमा स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ ।

Chat Icon
Ad
Ad