
सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।दूर सञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो ।फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
Tags
No tags
About the Author
Related Articles
आईएमई पे र खल्ती एकै प्लेटफर्ममा
नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






