औषधि व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुन ः सुधीर दाहाल चयन भएका छन् । संघको छैठौं जिल्ला अधिवेशनले दाहालकै नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा नारायणलाल श्रेष्ठ, महासचिव विनोद लामिछाने, सचिवमा देवनारायण शाह, कोषाध्यक्षमा संघर्ष गुरुङ, सह–कोषाध्यक्षमा विष्णु थापा र सदस्यमा ज्ञानजंग दोर्जे लामा, सरस्वती सोराइली, रामु दराई र विजय शाह चयन भएका छन् ।
पुन ः अध्यक्षमा चयन भएका दाहालले व्यवसायीको चाहना बमोजिम नेतृत्व दोहो¥याएको प्रतिक्रिया दिए । ‘अबको यो कार्यकाल पनि औषधि व्यवसायीहरुको हकहितमा लाग्नेछु’, उनले भने, ‘संगै सामाजिक कार्यलाई पनि अघि बढाउनेछौँ ।’ तीन बर्षीय कार्यकालका लागि नयाँ कार्य समिति चयन भएको हो । शिक्षासेवी पुरणबहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा औषधी व्यवसायी संघ अन्तर शाखा अध्यक्ष मोहमद ताजुदीन अन्सारी, अञ्चल शाखा महासचिव पप्पु झा, हेटौंडा उपमहानगरपालिका स्वास्थ्य संयोजक सुपेन्द्र कार्की, पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाइँलगायतले मन्तव्य व्यक्त गरेका थिए । औषधि व्यवासयी संघले तुलसीकुमार कर्माचार्यलाई मरणोपरान्त सम्मान गरेको छ ।
सम्मान उनको छोरा शरद् कर्माचार्यले लिएका थिए । यस्तै क्षितिजराज बैद्य, बेला बैद्य र रामआदार पाण्डेलाई सम्मान गरेको छ ।