Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

जिससद्धारा अस्पताल निर्माणका लागि ५० लाख सहयोग

Company Register

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले राक्सिराङ गाउँपालिकालाई अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर ५, ठाडेचुरी स्थित स्थास्थ्य संस्था भवन निर्माणका लागि जिससले अनुदान सहयोग गर्न लागेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७० औं बोर्ड बैठकले गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertisement

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९, कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गर्न लागेको स्वास्थ्य संस्था भवनका लागि जिससमा रहेको मौजदात कोषबाट ५० लाख रुपैयाँ अनुदान सहयोग गर्न लागिएको प्रमुख खुलालले बताए । मौजादकोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासंगको लागत साझेदारीमा कार्य हुने गरि अनुदान रकम उपलब्ध गराईने भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...