आजको पञ्चाङ्ग

बि.सं. २०७७ मंसिर ९। मंगलवार। इ.सं. 24 November 2020 । शक संवत १९४२ । नेपाल संवत ११४१ कछलाथ्व । प्रमादी । दक्षिणायन । हेमन्त ऋृतु । कार्तिक शुक्लपक्ष। तिथि दशमी , २८:३४ बजे उप्रान्त एकादशी नक्षत्र पूर्वभाद्रपदा , १८:२७ बजे उप्रान्त उत्तरभाद्रपदा योग
हर्षण , ०९:५६ बजे उप्रान्त वज्र करण तैतिल १५:५० बजेदेखि गर , २८:३४ बजे उप्रान्त वव चन्द्रराशि कुम्भ । आनन्दादी योग काण । दिनमान २६:२५ पला । सूर्योदय ०६:३३ बजे । सूर्यास्त बेलुका १७:०७

बलम्बु महालक्ष्मी यात्रा

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।