यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

जुवा खेल्ने खालबाट वडा अध्यक्ष पक्राउ


जुवाको खालबाट वडा अध्यक्ष सहित ७ जना व्यक्ति पक्राउ परेका छन् । शितगंगा नगरपालिका ८ अर्घाखाँचीका वडा अध्यक्ष सहित ७ जनालाई प्रहरीले पक्राउ गरि दाङ प्रहरीले सार्वजनिक गरेको छ। तर, प्रहरीले सार्वजनिक गरेको बिवरणमा वडा अध्यक्ष भनेर खुलाइएको छैन। राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेण्टमा प्रहरीले छापा मारेको थियो। सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकबहादुर आले जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ। तर, प्रहरीले सार्वजनिक गरेको विवरणमा राप्ती गाउँपालिका १ निवासी रुपेश आले लेखिएको छ।