2025-12-07 10:12 am

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगिन राष्ट्रपति विद्या भण्डारी – १५ मिनेट कुराकानी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन् ।

बिहीबार साँझ प्रधानमन्त्री उपचाररत त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।

भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिएको र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको सुनाएपछि राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad