2025-10-26 6:10 am
Ads

नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?

काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतका चाडबाडको अवसरमा विशेष अफर ल्याएको छ। यो अफर अन्तर्गत भ्वाइस, डेटा, एसएमएस, र एफटीटीएच प्याकेजहरू सहुलियत दरमा उपलब्ध हुनेछन्, जुन असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म लागू हुनेछ।

एफटीटीएच (फाइबर इन्टरनेट) प्याकेजहरूमा पुरानै मूल्यमा ब्यान्डविथ बढाइएको छ। ५०, ७५, १००, १५०, र २०० एमबीपीएस गतिका प्याकेजहरू क्रमशः ७५, १००, १२५, १७५, र २२५ एमबीपीएसमा अपग्रेड गरिएको छ। नयाँ जडान गर्ने ग्राहकहरूले जडान शुल्कमा रु. ५०० छुट पाउनेछन्।

जीएसएम प्रयोगकर्ताहरूका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस, ४५ जीबी डेटा, र ५०० अल नेट एसएमएस सहितको ‘७९९ सजिलो अनलिमिटेड प्याकेज’ ल्याइएको छ। त्यस्तै, रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस र रु. ९९ मा १००० अन नेट एसएमएस प्याकेज उपलब्ध छ।

प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेड ग्राहकका लागि ३० दिनको समयावधि राखिएको छ। यी प्याकेजहरू 14156# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपबाट किन्न सकिन्छ।

About the Author

Ad
Ad