अपडेटः प्रेसर कुकर बममा ढुंगा भेटियो

३ असोज, हेटौंडा । हेटौंडा १ बुद्ध चोकमा राखिएको प्रेसर कुकर बम भित्र ढुंगा भेटिएको छ । 
नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा बम भनेर राखिएको प्रेसर कुकर भित्र ढुंगा भेटिएको हो ।
हेटौंडा १ बुद्ध चोकमा रहेको हाम्रो मनि ट्रान्सफर नजिक राखिएको उक्त प्रेसर कुकर बम देखेपछि सर्वसाधरणले प्रहरीलाई खबर गरेका थिए । 
संविधान दिवसको दिन एकविहानै हेटौंडा बजारको व्यस्त ठाउँमा उक्त प्रेसर कुकर बमका कारण सर्वसाधरणमा त्रास छाएको थियो । 
संविधान दिवसको दिन डर फैलाउन उक्त बम जस्तो बस्तु राखिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad