मकवानपुरको मनहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी –९ खरङ्गामा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको लु २ ख ४६०७ नम्बरको यात्रुवाहक बसले भोजपुरको भोजपुर नगरपालिका –७ कोदार बस्ने ४५ बर्षीया सिता मिजारलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक मिजार काकडभिट्टा बाट स्याङजातर्फ जादै गरेको ना ५ ख ६१०३ नम्बरको बसको यात्रु भएको र बस चढ्न बाटो काट्दा विपरीत दिसाबाट आएको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिदा मृत्यु भएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ। ठक्करदिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।