Comments Add Comment

कांग्रेस संसदीय दलको मतदान सुरु

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन झन्डै १ घन्टा ढिला सुरू भएको छ। निर्वाचन संयोजक भिष्मराज आङ्दम्बेका अनुसार मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय भएपछि मतदान सुरू भएको हो। कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ। सुरूमा सभापति एवं संसदीय दलको नेताका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन्। त्यसपछि गगन थापाले मतदान गरे। अन्य सांसदहरूले क्रमशः मतदान गरिरहेका छन्।

यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्। कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर