Comments Add Comment

हेटौंडा र मनहरीमा एमालेका उम्मेदवार बर्तौला र थापाको घरदैलो

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवार बन्नु भएका महेश कुमार बर्तौला र क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लालबहादुर थापाले सोमबार उपमहानगरपालिकाका दुइवटा वडा र मनहरी गाउँपालिकामा घरदैलो गरेका छन् । चुनावी कार्यक्रमको दौडधुपमा उम्मेदवारलाई जनताको घरदैलो कार्यक्रम संगै कोणसभाहरुमा भ्याइ नभ्याइ भएको हो ।

बर्तौला र थापाले सोमबार हेटौंडा–३ बसामाडी, हेटौंडा–१९ वस्तिपुरमा कोणसभा गरेर स्थानीयलाई बषौ अघिदेखि पर्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–१ चकरी, अनेरास्ववियुले गरेको सभा र मनहरी बजारमा आयोजित एमालेको सभामा दुइ उम्मेदवारलाई भ्याइ नभ्याइ भएको हो । मनहरी गाउँपालिकावासीहरुलाई वषौअघिदेखि आरक्षको समस्या भएकाले यो समस्या सधैका लागि अन्त्य गर्नका लागि आफु संसदमा गएर कानूनको संशोधन गर्न पहल गर्ने क्षेत्र नम्बर–२ का उम्मेदवार बर्तौलाले वताउनुभयो । यस क्षेत्रमा राप्ती खोला र मनहरी खोलाका कारण स्थानीय वासिन्दाहरुको वषौंदेखिको समस्या सधैका लागि समाधान गर्ने उहाँले वताउनुभयो ।

मनहरीमा अयोजित सभामा नेपाली काँग्रेस लगायतका पार्टी परित्याग गरेर बिरेन्द्र डिसिको नेतृत्वमा ५० जना अगुवा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । सोमबार नेकपा एमाले मनहरी गाउँकमिटीले आयोजनामा भएको आमसभामा डिसि सहित ५० जना कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा मनहरी–३ हाँडिखोला नेपाली कांग्रेस वडा उप–सभापति मनोज अधिकारी लगायतलाई नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना र सल्लाहकार तथा बागमती प्रदेश प्रथम मुख्य मन्त्री डोरमणी पौडेल, निर्वाचन परिचालन कमिटी संयोजक अनन्त पौडेलले टिका तथा माला लगाएर स्वागत गर्नुभएको हो । सो कार्यक्रममा समानुपातिक उमेद्वार तथा बागमती प्रदेश कमिटी सदस्य बलराम बल ,हरीबहादुर महत ,श्रीधर पोख्रेल ,स्याम ढकाल ,देबराज रिमाल ,लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर