मकवानपुरको कैलाश गाउँपालिका वडा नंम्बर ९ का वडाध्यक्षलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ। गत असार १८ र १९ गते हेटौंडामा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समयमा किशोरी विद्यार्थीलाई बलात्कारको प्रयास गरेको भन्दै किशोरीले वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि अहिले वडाध्यक्ष भुवन सिं घलानलाई पक्राउ गर्न प्रहरी टोली खटाईसकेको प्रहरीले जानकारी दिए ।