मकवानपुरमा लागुऔषधसहित दुईजना प्रहरीले पक्राउ गरेको छ । आईतबार हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नंबरको सुमोको सिटमुनी सेतो बोराभित्र लुकाईछुपाई ल्याएको अवस्थामा नाईट्राभेट १५०० ट्यावलेट र विनसिरेक्स २४० बोतल सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा सुमो चालक बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह कलवार र धनुषा महेन्द्रनगर–२ घर भई हाल हेटौंडा–४ स्थित बाईपास रोडमा मुन्ना साईकल स्टोरका संचालक ३७ वर्षीय मुन्ना भन्ने अमन प्रसाद जैसवाल रहेका छन् । लागुऔषध सहित पक्राउ परेका दुबैमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।