हेटौंडा–१ राप्तीपुल छेउमा एक युवक मृत अवस्थामा फेला परेको छ । बुधबार बिहान राप्तीपुल नजिक लडेर अचेत अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका वडा नंबर ६ घर भएका ४० वर्षीय प्रेम प्रसाद रेग्मी रहेका छन् । रेग्मी केहि दिन अघि हेटौंडा १ चाइना क्वाटर स्थित आफ्नो दिदिको घरमा भेटघाटको लागी आएका थिए । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।