मकवानपुरमा स्थगित भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन आजबाट सुरु हुने भएको छ । चट्याङका कारण मेशिन बिग्रिएर स्थगित भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन आजबाट सुरु हुने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आइतबार एक सुचना जारी गरी जानकारी दिएको छ । यही असार १ गते बर्षासंगै परेको चट्याङको कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको मेशिन विग्रिएको थियो ।

jipaka suchana