मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले हेटौंडामा हुने भएको छ। कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुने प्रतियोगिताको फिनाले पुस १५ गते हेटौंडामा हुने जनाइएको छ। सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले मिस मकवानपुर सिजन ३ सौन्दर्य प्रतियोगिताको फिनाले १५ गते बिहीबार हेटौंडा–४ स्थित क्लब हेटौंडामा हुने जनाइएको हो।

पत्रकार सम्मेलनमा २७ जना प्रतियोगि मध्येबाट छनौट गर्दै १८ जना फिनायल सम्म आइपुगेको बताइएको छ।प्रतियोगितामा प्रथम हुनेले चादीँको ताज सहित नगद एक लाख, संघसंस्थाको ब्राण्ड एम्ब्यासेडरका साथै दुई रात तीनको स्वेदश भ्रमण, फिटनेसका निशुल्क प्रशिक्षण सेवाका साथमा अन्य थुप्रै पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दिए । त्यस्तै दोस्रो हुनेले ताज सहित ५० हजार नगद सहित फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण प्याकेज उपलब्ध गराइने बताएको छ,त्यसैगरी तेस्रो हुनेले ताज, २५ हजार नगद,फोटो सुट, दुई रात तीनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरुको व्यवस्था रहेको उनले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रा।लि, स्वस्तिक डेभ्लपर्स प्रा।लि र वरदान हाउजिङ एण्ड रियल स्टेट प्रा.लि रहेको प्रतियोगिताको मुख्य निर्णायक मिस युनिभर्सर नेपालका सेकेण्ड रनर अप रक्षा उप्रेती रहकी छिन् भने अन्य निर्णायकहरुमा नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाई र नायिका सरिता गिरी रहेका छन् ।