2025-11-07 2:39 am

तरुण दलको कैलाश अध्यक्षमा मुक्तान

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् ।

शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा विजय लोप्चन र बीरबहादुर थिङ, सचिवमा राजकुमार लामा, सहसचिवमा भुवन नेगी रहेका छन् । त्यस्तै सदस्यहरुमा किशोर गोले, रामलाल गोले, कृष्ण मुक्तान, राजकुमार चेपाङ, दीपक योञ्जन, अनिश थापा र शंकर स्याङ्तान रहेका छन् । मोहन वाइबा र दीपक तितुङलाई क्षेत्रीय कार्यसमितिमा सिफारिस गरिएको छ । तरुण नेता सूर्यबहादुर गोलेको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा काँग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, प्रदेश ३ का प्रदेशसभा सदस्य सन्त चेपाङ, पार्टी जिल्ला सदस्य भीमसेन महत, ज्ञानबहादुर डिम्डुङ, रत्न गोले, क्षेत्रीय सभापति लोक मुक्तान, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, उपाध्यक्ष निराजन वर्तौला, सचिव सचित थापा, पार्टी क्षेत्रीय सदस्य मानबहादुर वाइबा, सिताराम सिन्तान, कैलाश गाउँपालिकाका निर्वाचित वडाध्यक्षहरु राजेन्द्र घिसिङ, उदास लामा, ठूलोकान्छा लामा, मानिकलाल मुक्तानलगायतको आतिथ्यता रहेको थियो ।

About the Author

Ad
Ad