नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । एमालेले महाधिवेशनकै उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाएको छ । महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ ।

महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने एमालेको दावी छ । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु चितवन आएका छन् ।