प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आजका लागि बालुवाटार बोलाइएको बताए । बारले राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदा कांग्रेसलाई बुझाउन पाएको छैन । कांग्रेस संसदीय दलका नेता ९प्रधानमन्त्री देउवा०, प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । अब आज ज्ञापनपत्र पनि बुझाउने गरी बार बालुवाटार जाने भएको हो । बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जानेछ ।