
बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जा गरेको विप्लप समूहले घोषणा गरेको छ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ एक व्यानर राखेर ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको हो । विप्लव समूहले जारी गरेको व्यानरमा ललिता निवास किन कब्जा गर्नुपरेको भन्ने व्यहोरा उल्लेख गरिएको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।
सरकारी जग्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको यो समूहको सूचनामा उल्लेख छ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको विष्फोट पनि आफैंले गराएको विप्लवसमूहको दाबी छ । ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा विस्फोट गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




