काठमाडौं : नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामार मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नयाँ प्रहरी महानिरीक्षकमा नियक्त गर्ने निर्णय लिएको हो। 

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकास पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।