उद्योगी/ व्यवसायीहरुको बैंक सम्बन्धी समस्या सम्बन्धमा हेटौंडामा छलफल

मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडामा शुक्रबार बैंकर्श एशोसिएसन संग उद्योगी व्यवसायीहरुको बैंक सम्बन्धी समस्याको बारेमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा उद्योग संघ मकवानपुर, पुरानो नारायणी यातायात कम्पनी प्रा.लि., नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि. र होटल एशोसिएसनका अध्यक्ष वा प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको हो । कार्यक्रममा बैंकर्स एशोसिएसनका अध्यक्ष रमेशराज प्याकुरेल तथा विभिन्न बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष कटुवालले कोभिड- १९ को कारण भएको लकडाउनले उद्योग/ व्यवसाय क्षेत्र जर्जर बनेको बताउनुहुदै यही अवस्थामा बैंकको किस्ता तिर्नका लागि आएको दवाव उचित नभएको बताए । हालै मकवानपुरमा पनि बैंक ऋणकै कारण आत्महत्याको घटना भएकोले बैंकहरु पनि सजग र संवेदनशिल हुनुपर्ने बताएका छन्, । बैंकले सहज बाताबरण श्रृजना गर्नुपर्नेमा ब्याजदर बढाउने, व्यवसायीको स्वीकृति बेगर ऋण थपिदिने जस्ता उजुरी आफूसम्म आएकाले बैंकर्स एशोसिएसनले सबैसंग छलफल गरी कुनैपनि बैंकले त्यस किसिमको कार्य नगर्ने वातावरण बनाउन आग्रह गरेका छन्, ।

कार्यक्रममा पूरानो नारायणी यातायात कम्पनी प्रा.लि. का अध्यक्ष हिरालाल श्रेष्ठले आफूहरुले किस्ता पुनर्तालिका गनुपर्ने माग राखेको बताउनुहुदै  शर्तबन्ध तरिकाले व्याज घटेपनि सामान्य अवस्थामा व्याजदर बढेको बताए । उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले बैंकहरुले आफ्नो वित्तीय अवस्थाअनुसार राष्ट्रबैंकको २ प्रतिशत छुटमा थप छुटसुविधा उपलब्ध गराउन आग्रह गरे ।

बैंकर्स एशोसिएसन मकवानपुरका अध्यक्ष रमेशराज प्याकुरेलले बैंकहरुको आधार दर घटेको र त्यो सार्वजनिकरुपमा नै पत्रपत्रिकामा आएकोले व्यक्तिगत सूचना नदिइएको र त्यो बैंकको सिस्टमबाटै हुने बताए । किस्ताको पुनर्तालिकाको लागि १२.५ प्रतिशतको सुरक्षा व्यवस्था गर्नुपर्ने भएकाले बैंक अनिच्छुक भएको बताएका छन्, ।

केही पत्रिका र सामाजिक सञ्जालमा आएका विषयले ऋणीहरु २०७६ फागुन अघिकै किस्ता तिर्न अनिच्छुक भएकाले मउवासंघ मार्फत त्रैमासिक किस्ता पौषसम्मको र मासिक किस्ता फागुन सम्मको चुक्ता गर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गरिदिन अनुरोध गरेका छन्, ।

त्यस्तै बैंकर्स एशोसिएसनका तर्फबाट लकडाउन अवधिको व्याज पुनर्तालिका गरी एक बर्षभित्र चुक्ता गर्न वा सा“वा किस्ता संगै पूजिँकरण गरी आगामी ५ बर्षभित्र तिर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको बताए ।

कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, होटल एसोसिएसन मकवानपुरका निप्पु सर्राफ, होटेल व्यवसायी अतित मानन्धर तथा कुमारी बैंक, एनसिसि बैंक, सानिमा बैंक र सनराइज बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad