हेटौंडा उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा दश वटा ह्वीलचियर वितरण गरेको छ । दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको मानवसेवा आश्रममा आश्रीत अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको हो । आश्रमभित्र पनि ओहोर दोहोर गर्न, हिडडुल गर्नका लागि समस्या भएका अपाङ्गता भएका व्यक्तिलाई सहजताको लागि ह्वीलचियर वितरण गरिएको मेयर महतले वताए ।

अपाङ्गता भएका व्यक्तिलाई यस अघि पनि आवस्यक्ताका आधारमा निरन्तर रुपमा सहायक सामाग्री वितरण गरेको वताउँदै मेयर महतले भने –दिवसकै अवसरमा पनि उनीहरुलाई सहायता सामाग्रि वितरण गरिएको हो ।’ कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अपाङ्गता दिवस मनाइएको हो ।