गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार गायक रुम्बाकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामाले अभिनय देख्न सकिन्छ ।

गीतमा गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका हुन । उक्त भिडियोमा चर्चित निर्देशक एंव मोडल हेरुका लामा र निराञ्जली लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्