काठमाडौं–  आकाश कार्की र अनु काफ्ले अभिनित  ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वर समावेश रहेको छ। गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन् भने  भिम बिसीले संगीतवद्द गरेका हुन्। विश्व अधिकारीको गीतमा  संगीत  संयोजन रहेको छ।

कोरनाले  आफ्नो प्रिय मान्छेलाई संक्रमित  बनाएपछि श्रीमतीले श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा वर्त बसेको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी  रहेको छ । भिडियोलाई  प्रविण भट्टले सम्पादन गरेका हुन्।

सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई  गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो। हालसम्म भिडियोललाई ३ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा ४०० बढी सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू