अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आमाको स्वरमा रहेको गीतमा अभिनय गरेकी छन्।

उनले आमा नेहा शाहको ‘तिमी र म’ बोलको गीतमा अभिनय गरेकी हुन्। भिडिओमा उनका प्रेमी देवाशं राणाले पनि अभिनय गरेका छन्।

नेहाको स्वर रहेको गीतमा शब्द तथा संगीत बिराज गौतमको रहेको छ। भिडिओलाई बेसमेन्ट प्रोडक्सनले तयार पारेको हो भने भिडिओका प्रस्तुतकर्ता रमेश एमके पौडेल हुन्।