यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
आमाको ‘तिमी र म’ गीतमा साम्राज्ञी (भिडिओ)


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आमाको स्वरमा रहेको गीतमा अभिनय गरेकी छन्।

Advertisement
उनले आमा नेहा शाहको ‘तिमी र म’ बोलको गीतमा अभिनय गरेकी हुन्। भिडिओमा उनका प्रेमी देवाशं राणाले पनि अभिनय गरेका छन्।
नेहाको स्वर रहेको गीतमा शब्द तथा संगीत बिराज गौतमको रहेको छ। भिडिओलाई बेसमेन्ट प्रोडक्सनले तयार पारेको हो भने भिडिओका प्रस्तुतकर्ता रमेश एमके पौडेल हुन्।