काठमाडौं – लाक्पा डी लामा र राम घलेको नयाँ गीत ‘उठी बसी’ रिलिज भएको छ । सार्वजनिक ‘उठी बसी’ गीतलाई लामा र घले आफैले कम्पोज पनि गरेका हुन् । गीतलाई भिक्टरले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

‘लाक्पा डी लामा’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘उठी बसी’ गीतको भिडियोमा टिम कार्टूनको अभिनय रहेको छ । साथै, गेष्ट आर्टिष्टको रुपमा सविन कार्की, अशिला मगर, पार्वती तामाङ र इक्षा अधिकारी रहेका छन् ।

भिडियोलाई लाक्पा डी लामा आफैले निर्देशन तथा सम्पादन गरेका हुन् । राम घले र सुविन सी अधिकारीको कोरियोग्राफी रहेको भिडियोलाई जितु तामाङले छायाङ्कन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू