हेटौडा – महत समाजले हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

सोमबार कोभिड–१९ संक्रमित विरामीको उपचारमा प्रयोग गर्ने गरी महत समाज हेटौंडाले ३५ हजार रुपैयाँ बराबरको ५० वटा अक्सिजन सिलिण्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका जनस्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीलाई हस्तातरण गरेको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा दैनिक अक्सिजन सिलिन्डर सँगै स्वास्थ्य सामग्रीहरु सहयोग भइरहेको छ । यसैगरी विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले पनि अक्सिजनको लागि दैनिक सहयोग गर्दै आएका छन् ।

हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग भइरहेकै कारण अक्सिजन २४ घण्टालाई पुग्ने व्याकअप रहेको जनस्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी गराउनुभयो । अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा महत समाजका अध्यक्ष बिसालराज महत, सचीव कुमार महत , कोषध्यक्ष प्रमिला महत, सदस्य सुसान्त महत ,शिब महत, मोहन महत,बिबेक महत सल्लाहकार मनोज महत लगाएतको उपस्थिती रहेको थियो ।