काठमाडौं – गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर भएका छन्। भिडियोमा उनीहरु प्रेमिल देखिएका छन्।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले कोरीयोग्राफी गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोका केही दृष्य सुरेश काफ्लेले ड्रोनबाट खिचेका छन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन्।

गीतको अडियो तथा भिडियो ‘भावसागर इन्टरटेन्टमेन्ट’ले तयार गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू