Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक प्रमोद खरेलको आज जन्मदिन

Company Register

काठमाडौं – चर्चित गायक प्रमोद खरेलको आज जन्मदिन परेको छ । २०३६ कार्तिक २० गते जन्मिएका खरेल पछिल्लो समयका निकै सफल गायक हुन् ।  जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ । 

Advertisement

आज आफ्नो जन्मदिन परेको बारे खरेलले सामाजिक सञ्जाल फेसबुकमा पनि जानकारी गराएका छन् ।

उनले तस्बिर शेयर गर्दै भनेका छन् – ‘आज कार्तिक २०, मेरो विशेष दिन, जन्म दिने सृष्टिकर्ता, यो जन्म लाइ सदिक्षा, आशीर्वाद, स्नेह र माया दिएर सार्थक बनाइदिनु हुने हजुरहरु सबै प्रति नमन’

 नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायकको रुपमा चिनिएका प्रमोद खरेलले हालसम्म २००० भन्दा बढी गीतहरू गाइसकेका छन् ।

उनले सरगरमाथा म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट गायक  आधुनिक  विधाबाट अवार्ड समेत प्राप्त गरेका थिए । गायक खरेलले द भ्वाइस अफ नेपालको कोचको रुपमा पनि काम गरिरहेका छन् ।  

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...