कुमार कट्टेल ‘जिग्री’ले दाजु भाउजु धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठमा विशेष उपहार सुम्पेका छन्। जिग्रीले गाएका ‘मायाले जीवन सजाउँ’ बोलको गीत दाजुभाउजुको वैवाहिक वर्षगाँठको अवसर पारेर सार्वजनिक गरेका हुन्।

कुमार कट्टेल जिग्री र अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अभिनय रहेको छ।

अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतको भिडियोमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त जोडिको रुपमा प्रस्तुत गरिएको छ। सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को आज १४ औँ वैवाहिक वर्षगाँठ हो।

दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउनका लागि आफूले गाएको गीत सुम्पिएका जिग्रीले बताए। आफ्नो गीतमा दाजुभाउजुको अभिनय देख्न पाउँदा निकै हर्षित र खुशी भएको जिग्रीको प्रतिक्रिया रहेको छ। उनको यो गीत दोस्रो हो। यस अघि उनकै स्वरमा रहेको गीत ‘मञ्जुरी’ सार्वजनिक भएको थियो।

रामजी लामिछानेको कोरियोग्राफी एव्म निर्देशनमा बनेको भिडियोलाई राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् भने बन्दे प्रसादले सम्पादन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू