चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई सपथ गराएका हुन्। पार्टी विधानअनुसार धारा ६६ ९३० अनुसार उनलाई सपथ गराएका हुन्।

यसैगरी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई ओलीले सपथ ग्रहण गराएका छन्। अन्य आयोगका पदाधिकारीलाई पनि सम्बन्धित आयोगका अध्यक्षले सपथ खुवाएका छन्। सपथ ग्रहण अघि निर्वाचन आयोगका अध्यक्ष सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरेका थिए। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए ।