Menu

कांग्रेस सरकारमा जाँदैन : सभापति देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । मंगलबार विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताए । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने बताए । सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’ उनले कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताए । देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad