कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने

कतारबाट कतार एयरवेजमार्फत नेपाल फर्किने यात्रुका लागि अबदेखि कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । एयरलाइन्सले आफ्नो वेबसाइटमा नेपालसहित अर्मेनिया, बंगलादेश, बाज्रिल, भारत, इरान, इराक,नाइजेरीया,पाकिस्तान, फिलिपिन्स, रसिया, श्रीलंका र तान्जानियाका यात्रुले पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको हो ।

‘कतार एयरवेजमार्फत यात्रुको गन्तव्यसम्म सुरक्षित रुपमा पुर्‍याउने जिम्मा हामी लिन्छौं, हाम्रो नयाँ नियमबारे सबैलाई जानकारी दिन चाहन्छौं कि कतार एयरवेजले १३ वटा देशका यात्रुले यात्रा गर्दा पीसीआर रिपोर्ट अब आवश्यक पर्नेछैन ।’, एयरवेजलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले लेखेको छ । यसअघि प्रत्येक यात्रुले यात्राअघि कोरोना भाइरस परीक्षण गरेको ‘नेगेटिभ पीसीआर रिपोर्ट’ अनिवार्य देखाउनु पर्दथ्यो । कतार एयरवेजको यो निर्णयसँगै अब कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad