Comments Add Comment

प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ

बिहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुदा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको छ। ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए । स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चेतावनीलाई वेवास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो।

मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो। हाल घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । झडपमा अन्य तीन प्रहरी पनि घाइते भएको राईले जानकारी दिए। ललितपुर प्रहरी परिसरका प्रमुख राईले प्रहरीमाथि भएको कुटपिटको घटनालाई आफूले गम्भीर रुपमा लिएको र त्यसमा संलग्नहरुलाई कडा कारबाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर