Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

खुमन अधिकारीको ‘टोपी किनेको’ बोलको गीत सार्वजनिक

Company Register

काठमाडौं – लोकप्रिय गायक खुमन अधिकारीको ‘टोपी किनेको’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा अधिकारीसँगै रवीन लामिछाने, कल्पना दाहाल, रवीना बस्यालको आवाज छ।

Advertisement

यस्तै, गीतमा प्रकाश पराजुली, प्रितम पोखरेल, जमुना सनम, ज्ञानु परियारको सामूहिक आवाज पनि छ। गीतको शब्द रवीन लामिछाने लेखेका हुन्, भने गायक अधिकारीले संगीत गरेका हुन्। गीत शिव दर्शन फिल्मको युट्युबबाट सार्वजनिक भएको हो।

गीतको भिडियोमा अधिकारीसहित, कल्पना, अर्जुन कुँवर, लोमश शर्मा, ध्रुव हिमाली, मान सिंह खड्का नितु कोइराला, आशा थापालगायत कलाकार देखिएका छन्। भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी छन् भने करन चैसिरले छायाकंन गरेका हुन्।​

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...