काठमाडौं – ‘सेभेन ११ म्युजिक फ्याक्ट्री’ले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलीना चौहान र रचना रिमालले स्वर दिएका छन्। कृष्ण केसीको शब्द  रहेको गीतमा संगीत ध्रुवले नै दिएका छन्।

गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि अतिथि भूमिका रहेको छ।

लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ। दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन्। भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले निर्माण गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू